२० कार्तिक २०८३, शुक्रबार

अभ्यास शिक्षणका छात्रशिक्षकलाई विद्यालयद्वारा विदाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, ५ चैत । सरस्वती निमावि शिवपुर कपिलवस्तुले एक कार्यक्रमका बीच अभ्यास शिक्षणका छात्रशिक्षकलाई विदाई गरेको छ ।

नेपाल आदर्श माविबाट २५ दिने शिक्षण अभ्यासमा आएका छात्रशिक्षकहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयले विदाई गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष एवं नेपाल आदर्श माविका पूर्व अध्यक्ष छन्दबहादुर जिसीले उच्च शिक्षाका लागि सधैं अगाडि बढ्न सुझाव दिनुभयो ।

विद्यालयका अध्यक्ष जगतबहादुर जिसीले आफूले हासिल गरेको ज्ञानसीपलाई व्यवहारमा अवलम्बन गर्दै उच्च शिक्षा हासिल गरी असल व्यक्तित्व बन्न शुभकामना दिनुभएको थियो ।

यसैगरी विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले विद्यालयमा रहँदासम्म अनुशासित र विद्यार्थी केन्द्रित सिकाई कार्यमा महत्वपूर्ण योग्दान पु-याएको भन्दै विद्यालयको सकारात्मक पक्षलाई व्यवहारमा अवलम्बन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा छात्रशिक्षकको तर्फबाट जमुना के.सी.ले आफू पढाइको सिलसिलामा विद्यालयमा रहँदा सबैबाट सकारात्मक सहयोग पाएको भन्दै यसबाट आफूहरुलाई प्रेरणा मिलेको बताउनुभएको थियो ।

कार्यक्रमकै अवसरमा विद्यालयको तर्फबाट छात्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो भने छात्रशिक्षकहरुले पनि विद्यालयलाई खेलकूदका सामग्री प्रदान गरेका थिए ।

विद्यालयका बालबालिकाहरुले समेत छात्रशिक्षकहरुलाई सम्झनाको कोशेली प्रदान गरेका थिए ।

पढाईको शिलशिलामा छात्रशिक्षकद्वारा साप्ताहिक क्रियाकलाप अन्तर्गत संचालन गरिएको हाजिरी जवाफ प्रतियोगिताका विजयी समूहका बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।