६ मंसिर २०८३, आइतबार

राप्रपाको केन्द्रीय समिति बस्दै, आयोगको निर्णयबारे छलफल गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टी मुख्यालय धुम्बाराहीमा अहिले केही समयपछि बस्ने केन्द्रीय समिति बैठकमा चुनाव चिन्ह र निर्वाचनको तयारीका विषयमा छलफल हुने प्रवक्ता भुवन पाठकले जानकारी दिए । उनले भने, ‘चुनाव चिन्हका विषयमा बैठकमा छलफल हुनेछ ।’

निर्वाचन आयोगले राजसंस्था र धर्मनिरपेक्षता संविधानसंग बाझिएको भन्दै हटाइदिएपछि सो विषयमा कसरी अगाडि बढ्ने भनेर रणनीति बनाउन बैठक बोलाइएको पाठकले बताए ।

राप्रपा र राप्रपा नेपाल एकीकरणसँगै चुनाव चिन्हका विषयमा विवाद थियो । आजको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिन्ह गाई कायम गर्ने निर्णय गर्ने बुझिएको छ । राप्रपाले आजदेखि विधिवत रुपमा हलो चुनाव चिन्ह परित्याग गर्नेछ ।

यसैबीच, राप्रपाले आजै राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा विशेष कार्यक्रम राखेको छ । सोही कार्यक्रमबाट चुनाव चिन्ह गाई रहेको घोषणा गर्ने जनाइएको छ ।