काठमाडौं, ४ चैत । विश्व अल्ट्रा पर्वतारोही तथा धावक संजय पण्डितलाई शुक्रबार सामसुंग नेपालको आधिकारिक बिक्रेता आइएमएस ग्रुपले करिब ६० हजार नेपाली पर्ने ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार स्वरूप प्रदान गरेको छ ।
आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल हस्तान्तरण गर्नु भएको हो । सगरमाथा, मनास्लुसहित विश्वका चर्चित ११ पर्बत आरोहण गर्न सफल पण्डितले अफ्रीकाको सर्बोच्च सिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियस्को उल्टो पैदल हिडेर आरोहण गरि नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने विश्व पर्वतारोहीको कृतिमान कायम गरिसकेका छन् ।
गत जनवरीमा उनले अन्टारटिकाको सर्बोच्च सिखर बिन्सोंन मसिफ र अर्को चर्चित पर्बत रजम्यान आरोहण गरेका थिए । पण्डितले उक्त हिमाल आरोहण गर्दा सामसुंग मोबाइल प्रयोग गरेका थिए ।
पण्डितलार्इ आइ एम एस ग्रुपले अस्ट्रेलिया, अमेरिका युरोप एबम न्टारटिकाको सर्बोच्च शिखर आरोहणमा आर्थिक सहयोग गरेको थियो । ग्यालेक्सी सी ९ प्रो गत हप्ता नेपालमा लन्च भएको थियो ।















प्रतिक्रिया