२० कार्तिक २०८३, शुक्रबार

लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ४ चैत । लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका– २ को मिलन चोकबाट गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी—२ का सञ्जय न्यौपाने, डडेल्धुरा अमरगढी नगरपालिकाका सरोज भट्ट र सुरेन्द्र भट्ट तथा कैलाली अत्तरिया नगरपालिकाका सन्तोष भट्ट रहेका छन् ।

सेतीअञ्चल प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले १४ ग्राम ब्राउन सुगर, ४५ ट्याब्लेट नाइट्रोभेट, आठ ट्याब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सिसि चार थानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । रासस