५ मंसिर २०८३, शनिबार

प्रहरी अधिकृतले नै म्यानपावर व्यवसायी अपहरण गरेपछि…

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत्र । काठमाडौंको कोटेश्वरबाट मेनपावर व्यवसायी अपहरण गरेर बन्धक बनाएको खुलेपछि दुई प्रहरी अधिकृतसहित चार जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत गौशालामा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) सुर्य थापा र महानगरीय अपराध महाशाखा दरबन्दी भएर गौशला वृतमै कार्यरत सई सम्वत तामाङ्ग पक्राउ परेका हुन् ।

उनीहरुसंगै सोही कार्यमा संलग्न रुपन्देहीका कुमार भन्ने राजकुमार गुरुङ र काभ्रेका अर्जुनबहादुर लामा पनि पक्राउ परेका छन् । प्रहरीका सईद्वयले गुरुङ र लामाको सहयोगमा मेनपावर ब्यवसायी बद्रि राईलाई अपहरण गरेर बन्धक बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले राईलाई गत माघ १ गते काठमाडौंको कोटेश्वरबाट अपहरण गरेका थिए ।

करिब ६ घण्टा एयरपोर्टस्थित बाजेको सेकुवा कर्नरको माथिल्लो तल्लामा बन्धक बनाएर २ लाख ३० हजार नगद र एक करोड चेकसहित लिन सफल भएपछि उनीहरुले राईलाई छोडेको अपराध महाशाखाले जनाएको छ ।

महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले पक्राउ परेका चारै जनालाई आवश्यक कार्वाहीका लागि महानगरीय परिषसर काठमाडौं पठाइएको जानकारी दिए ।