५ मंसिर २०८३, शनिबार

घेराबन्दीमा ‘प्रचण्ड’ सरकार, गठबन्धनले पनि घोषणा गर्‍यो आन्दोलन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । संघीय गठबन्धनले सरकारले माग पूरा नगरेको भन्दै विभिन्न सडक संघर्षका आन्दोलन घोषणा गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बिहीबार बसेको गठबन्धनको बैठकले सभा, प्रदर्शनसहितका प्रचारात्मक कार्यक्रम घोषणा गरेको हो । गठबन्धनको यो आन्दोलनको कार्यक्रमले प्रचण्ड सरकार घेराबन्दीमा परेको छ ।

आन्दोलनका कार्यक्रमहरूमा चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्व दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने, चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन थाल्ने, चैत १२ गते ‘स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ?’ भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई गर्ने, चैत १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जलि सभाका साथै काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलनको कार्यक्रम सार्वजनिक भएको छ ।

चैत १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने जनाएको गठबन्धनले विभिन्न शहरहरूमा जनप्रदर्शन र विरोध सभाहरू पनि गर्नेछ ।

चैत १५ गते धनगढी, चैत १६ गते कैलालीको अत्तरिया, चैत १७ गते पोखरा, चैत १८ गते उदयपुर, चैत १९ गते दमक, चैत २० गते हेटौडा र चैत २१ काठमाडौंमा सरकारविरुद्ध सभा गर्ने निर्णय भएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।