१ कार्तिक २०८३, आइतबार

ताला चाबी थापा र गच्छदारको हातमा पुग्यो, अब संविधान संशोधनको सम्भावना छैन्: टोपबहादुर

55.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन् ।

सदनमा संशोधन प्रस्ताव दर्ता भएदेखि नै विपक्षमा उभिएका नेता रायमाझीले आफ्नो चट्टानी अडानले देशलाई सही मार्गमा डोर्याउन सफल भएको जिकिर गरे । उनले भने, ‘हिजो मैले जे भनेको थिएँ, आज त्यही सही सावित भयो, आज आएर सीमाङ्कनको मात्रै नभएर सबै संशोधन प्रस्तावहरू रोकिएका छन्, अब संशोधनको सम्भावना मात्र १ प्रतिशत छ, ९९ प्रतिशत सम्भावना टरेको छ, निर्वाचनमा मुलुक गईसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशको लागि खुसीको कुरा हो ।’

नेता रायमाझीले अघि थपे, ‘मोर्चाको हातमा जतिबेला ताला चाबी थियो, त्यति बेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन्, अर्को कुरा २ नम्बर प्रदेशका नेताहरू ५ नम्बर प्रदेशको भाग खोस्न जाने र त्यहाँ देखिएका दृश्यहरू हेरेर हाँस्ने जस्तो भुल अरु के हुन सक्छ ? ।’

उनले फरक प्रसँगमा धेरै नेता साथीहरूले स्थानीय निकायको निर्वाचन गरौँ भन्ने धारण राखेको र आफूले जहिलेपनि स्थानिय तहको वकालत गर्दै आएको स्मरण गर्दै भने, ‘मेरो यो अडानले पनि सार्थकता पाएको छ, मलाई के हुन्छ भनेर भन्दा पनि के गर्नुहुन्छ भनेर सोध्नुस् ।’