५ मंसिर २०८३, शनिबार

सरकारबाट समर्थन फिर्ता लिएको मधेसी मोर्चाले अब एमालेसँग सहकार्य गर्ने!

44.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । सरकारबाट समर्थन फिर्ता लिएर विपक्षीको भुमिकामा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्य गर्ने भएको छ ।

विहिबार सरकारबाट समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझाउन पुगेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले एमालेसँग सहकार्यको सम्भावना रहेको बताए ।

मोर्चाले अब एमालेसँग सहकार्य गर्छ कि भन्ने सञ्चारकर्मीको प्रश्नमा कर्णले भने– ‘मधेसमा आक्रोस बढेको एमालेका कारण हो । तर, अभिव्यक्ति र कार्यशैली फेरिएमा सहकार्य हुन नसक्ने त्यस्तो के छ र ! हामीले कसैसँग सहकार्य गर्दैनौं भनेका छैनौं ।’