३० आश्विन २०८३, शुक्रबार

एमालेको राष्ट्रवाद, अधिनायकवादी मधेशी मोर्चा र प्रचण्डको भुमिका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संक्रमणकालको अथाह भयाभह अवस्थावाट गुज्रिएको नेपालको राजनिति केही समय अगाडीदेखि केहि सकारात्मक दिशामा अगाडी बढिरहेको छ । विशेष गरेर स्थानिय तहको निर्वाचन र निर्वाचन आयोगको सक्रियता सँगै देश र जनतामा उत्साह, उमंगको लहर देखा परेको छ । गाउँ गाउँमा अबको गाउँपालिकाको प्रमुख को हुने भन्नेमा आम जनताहरु छलफलमा व्यस्त देखिन्छन् । ०७४ माघसम्म जसरी पनि तीनै वटा निकायको निर्वाचन गर्नुपर्ने वाध्यतामा रहेको सरकार चुनावको घोषणा सँगै चुनावी चटारोले छोएको छ । करिव २ दशकदेखि हुन नसकेको स्थानीय निर्वाचनले जगाएको आशा र भरोसाले विकास सँगै उपलव्धी हुने कुरामा विश्वस्त देखिन्छन् । जुन नेपाल र नेपाली जनताका लागि निकै ठुलो अवसर हो ।

देशमा लोकतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दासमेत कुनै पनि दल विशेषलाई आफ्नो भुमिमा प्रवेश निषेध बन्द, हड्तालजस्ता कार्यक्रम गरेर विश्व समुदाय सामु नेपालको अस्थिर राजनीति निर्जलताका साथ प्रस्तुत गरिरहेको छ । जुन भुमिकाले नेपाल र नेपालीको समग्र विश्वमा नै शिर निहुराईरहेको छ । यो भन्दा अनिष्ट, लाचारी र मुर्खता अरु के हुन सक्ला र ?

नेपालका अधिंकाश राजनैतिक दलहरु सत्तामा सामेल हुदाँ क्रान्तिकारी देखिने, राष्ट्रवादी र देशका लागि भएको दावी गर्नेहरु अन्ततः आफनो अभिष्ट पुरा नहुने देखेपछि र कुर्सी नै धरापमा पर्ने देखिएपछि रातारात राष्ट्रघात र भष्टाचारी सरकार भनेर सरकारलाई दिएको समर्थन फिर्ता दिने पुरानै रोगको रापमा रुमल्लिएका राजनैतिक दलहरु यस पटक केहि दिन अगाडी मात्र प्रचण्ड सरकार राष्ट्रवादी भएको र यहि सरकारले नै चुनाव गर्ने र निकाश दिने भन्ने अभिव्यक्ति दिइरहँदा, गणतन्त्र नेपालको उपप्रधान मन्त्री भएर नेपालको झण्डा, फरफराएर गाडीमा सयर गरिरहदाँ हिजो ज्ञानेन्द्र सरकारको पालामा गृहमन्त्री रहेर गणतन्त्र प्राप्तिका लागि सडकमा मारिरहदा, आन्दोलनमा ज्यान होमिरहनेहरुलाई आज पक्कै पनि लाजले शिर झुकेको हुनुपर्दछ । सरकारमा जानका लागि र आफुले भने जस्तो हुने वित्तिकै राष्ट्रवादी र परिवर्तनउन्मुख सरकार देखेर दौडने वानी परेकाहरुको यो रवैया आखिर कहिलेसम्म चल्ने हुन् र हामी यसका मतियाराहरु कहिले सम्म वनिरहने हो ? हिजो केपी ओलीको सरकारलाई राष्ट्रवादी सरकार र ईतिहासमा नै सवैभन्दा सफल प्रधानमन्त्रीको फुलमाला सिगार्ने कमल थापा त्यहि भारतको डिजाईनमा वनेको सरकारको रथी वनिरहँदा साच्चै नै देश र जनताको लागि आहुती दिने ती अमर शहिदका आत्मा र तिनका आफन्तहरुले के सोचे होलान् ? जसरी पनि आफनो अनुकुलतामा नै राष्ट्रवाद खोज्नेहरुको त्यो निर्लज्जतालाई हेरिरहनु शिवाय केहि रहेन ।

स्थानिय तहको निर्वाचन अगावै मेची महाकालीको अभियानमा निक्लेको नेकपा एमाले त्यहि अभियानमा मधेसमा कार्यक्रम गरिरहेको छ । सत्तावाहिर रहेर पनि स्थानिय तहको चुनावको वकालत गरिरहेको नेकपा एमालेले विगतमा भारतको नाकावन्दी, राष्ट्र र जनताका लागि खेलेको भुमिकाका कारण नेपाली काग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चा मात्र होईन भारतसमेत नेकपा एमालेले खेलेको भुमिकाका कारण चिढिएको छ । जसरी पनि एमालेको भुमिकालाई सखाप पार्ने र आफु अनुकुलको सरकार निर्माणका लागि प्रत्यक्ष हस्तक्षेपकारी भुमिका खेलेको भारत पुन नेपाललाई औपनिवेश वनाउने र राज गर्नका लागि अनुकुल पात्र खोजिरहेको छ । त्यसैको फलस्वरुप संविधान सभालाई नै वहिष्कार गरेको मधेशी मोर्चालाई समेत केपी ओलीको सरकार वन्दा विपक्षमा भोट हालेर आफनो नाङ्को नाच नाचिरहेको छ । यो भारतको हस्तक्षेपलाई आम जनताले मन पराएका छैनन्, नेपालको आफनै सम्प्रभुता, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता माथी प्रहार गरिरहँदा आम नेपालीहरुको त्यो प्रवृत्तिलाई नेकपा एमालेले खेलेको भुमिका को प्रशंसा गरेको थियो । नेकपा एमालेले पाएको त्यो गर्व र आम नेपाली जनताको साथदेखि चिढिएको भारत अन्ततः पुनः स्थानिय तहको निर्वाचनमा एमाले ईतरको दललाई मिलाएर चुनावमा एमालेलाई वढार्ने रणनितिीमा देखिन्छ, त्यसको छनक मधेशी मोर्चाको निर्णयलाई लिएर गर्न सकिन्छ । आफ्नो भुमिका स्थान र पहिचान समेत नभएको नेपालको राजनैतिक दलहरुको यहि निकम्माका कारणले गर्दा आज देशका नागरिकहरु मरिरहँदासमेत भारतले राम्रै गरिरहेको छ भन्ने अभिव्यक्ति दिनेहरु समेत वेग्रल्ती भेटिनेछन् । जुन देश र जनताको लागि ठुलो अभिसाप वन्नेछ । कसैको ईशारामा चलिरहँदा र निर्देशनमा लामो समयसम्म चलिरहँदा देश र जनताले भोग्नु परेको यथार्थलाई समेत अझै पनि आत्मासाथ नगर्ने हो भने देश र जनताले अन्तमा ठुलो मुल्य चुकाउनुपर्ने कुरामा कुनै सन्देह छैन । देशको आवश्यकता र आफनो पहिचान भन्दा पनि कसैको ईशारामा चल्न अभ्यस्त हाम्रा राजनैतिक दलका सिमित नेताहरुका कारण अझै लामो समयसम्म नेपाली जनताले अनिर्णयको वन्दी वनिरहने कुरामा कुनै शंका नै छैन । देशमा लोकतन्त्र हुदै गणतन्त्र सम्म आईपुग्दा समेत कुनै पनि दल विशेषलाई आफनो भुमिमा प्रवेश निशेध वन्द, हड्ताल जस्ता कार्यक्रम गरेर विश्व समुदायलाई नेपालको अस्थिर राजनिती र नैतिक वल गुमाउन उद्यत मधेशी मोर्चा र सत्तापक्षले आफनो निर्जलतालाई गौरवका साथ प्रस्तुत गरिरहेको छ । जुन भुमिकाले नेपाल र नेपालीको समग्र विश्वमा नै शिर निहुराईरहेको छ । यो भन्दा अनिष्ट, लाचारी र मुर्खता अरु के हुन सक्ला र ?

प्रचण्डका सामु मधेशी मोर्चालाई मात्र होईन अन्य शक्तिलाई समेत विश्वासमा लिएर तोकिएको समयमै चुनाव गर्नुपर्ने चुनौति रहेको छ । प्रचण्डको यो भुमिकाले नै उनको राजनीतिक हैसियत थप उचाईमा पुग्ने कुरामा प्रचण्ड अब चुक्नु हुँदैन । विगतमा आफूले गरेको कमी कमजोरीलाई स्वीकार्दै राष्ट्र र जनताका पक्षमा काम गर्नु नै प्रचण्डको अहिलेको मुख्य भुमिका हुनुपर्दछ ।

लामो समयदेखि मुक्तिको आन्दोलन भनेर हजारौ को वलिदानी दिएको पुष्पकमल दाहाल उर्फ प्रचण्ड पुन गणतन्त्र नेपालको दोश्रो प्रधानमन्त्री वनेका छन् । नेपाली जनताले सवैभन्दा आशा र भरोसा गरेर पहिलो संविधानसभामा पहिलो दल वनेको प्रचण्ड त्यसपछिको भुमिकाका कारण तेश्रो दलमा खुम्चिएको यो सन्दर्भमा प्रचण्डका सामु स्थानिय तहको निर्वाचन गराउनुपर्ने मुख्य अभिभारा थपिएको छ । यो भुमिका वहनका लागि प्रचण्डसँग चुनौती र अवसर सँगै जोडिएर आएको छ । प्रचण्डका सामु मधेशी मोर्चालाई मात्र होईन अन्य शक्तिलाई समेत विश्वासमा लिएर तोकिएको समयमै चुनाव गर्नुपर्ने चुनौती रहेको छ । प्रचण्डको यो भुमिकाले नै उसको राजनैतिक हैसियत थप उचाईमा पुग्ने कुरामा प्रचण्ड अव चुक्नु हुदैन । विगतमा आफुले गरेको कमि कमजोरीलाई स्वीकार्दै राष्ट्र र जनताका पक्षमा काम गर्नु नै प्रचण्डको अहिलेको मुख्य भुमिका हुनुपर्दछ । प्रचण्डले खेल्ने अवको भुमिकाले देश र जनतालाई त जति राहत दिनेछ, त्यति नै राहत प्रचण्डको राजनैतिक हैसियतका लागि ।