काठमाडौं, २ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले सरकारबाट समर्थन फिर्ता लिएका छन् ।
मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना, संघीय समाजवादी फोरम नेपाल लगायत दलहरुले बुधबार सरकारबाट समर्थन फिर्ता लिएका हुन् ।
समर्थन फिर्ता लिएको पत्र सकेसम्म आजै वा भोलि सभामुख ओनसरी घर्तीलाई बुझाइने नेता मनीष सुमनले जानकारी दिए ।
कांग्रेस–माओवादी गठबन्धन बनाउँदा भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसवादी दलले समर्थन फिर्ता लिएको बताइएको छ ।











प्रतिक्रिया