१४ कार्तिक २०८३, शनिबार

युवतीको सुरुवाल तान्ने पुजारी

23.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । कलियुग लागेपछि जे हुनुपर्ने हो त्यो हुँदैन, जे नहुनुपर्ने हो त्यो हुन्छ भनिन्छ । यही भनाइ पुष्टि हुने गरी इलाममा एउटा घटना भएको छ ।

हुन त हाम्रो समाजमा थुप्रै आडम्बरी मानिस देख्न पाइन्छ । साधुसन्तको खोल ओडेर विभिन्न हर्कत गर्नेको कमी पनि छैन यहाँ । यसरी नै पुजारी भएर युवतीको सुरुवालमा झुण्डिने एक पुजारी खोरमा जाकिएका छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

इलाम नगरपालिकाको धार्मिक तथा पर्यटकीय स्थल हो सेतीदेवी । सदरमुकामको पश्चिम पुवाखोला नजिकै रहेको मन्दिरमा इलाम आउनेहरू प्राकृतिक आनन्दसँगै पूजाआजा गर्न जाने गर्छन् । त्यहाँ एकजना ५६ वर्षीय पुजारी पनि बस्छन् । यही हप्ता सदरमुकामस्थित एक प्राविधिक शिक्षालयका ६ जना छात्रा घुमघाम र पूजाआजाका लागि सेतीदेवी मन्दिर पुगेका थिए ।

निधारमा लामा लामा चन्दनको टीका र दौरासुरुवाल लगाएका पुजारी देखेपछि टीका लगाए । टीका लगाएपछि हस्तरेखाबाट भाग्य हेरिदिन्छु भनिएपछि ६ जनामध्येकी एक युवती भने हात हेराउन राजी भइन् । पुजारीले हस्तरेखा हेर्दै भने छन्, ‘अहो ! खत्तम पो रहेछ त । म यहीँ भनिदिउँ ?’ युवतीले आफ्नो कुरा सबै साथीमाझ सार्वजनिक हुने ठानेर भनिन्, ‘होस् नभन्नू ।’

हात हेराउने युवतीले त्यति मात्र के भनिसकेकी थिइन् पुजारीले तौ यता आउ उसोभए भित्र भन्छु भन्दै गुफाभित्र लगेछन् । गुफाभित्र पुगेपछि ती पुजारीले हस्तरेखा होइन युवतीको सुरुवाल तान्न थालेछन् । हस्तरेखा हेरेर खतरा कुरा भन्छु भन्दै गुफाभित्र सुरुवाल तान्न थालेपछि ती युवती आत्तिएर बाहिर आइछन् । त्यहाँबाट भागेर प्रहरीलाई खबर गरेपछि बरबोटे– तोरीबारीका पुजारी दुर्गाप्रसाद घिमिरे अहिले प्रहरी खोरमा पुगेका छन् ।