काठमाडौं, १ चैत । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । नयाँ मूल्यअनुसार आज सुन तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ । चाँदी मंगलबार तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको भाउ अझै घट्न सक्ने महासंघको अनुमान छ ।















प्रतिक्रिया