१ कार्तिक २०८३, आइतबार

‘मोस्टवान्टेड’ माओवादी नेता बालकृष्ण ढुंगेललाई अभिनन्दन, प्रहरी र परिवारलाई यस्तो धम्की

38.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, १ चैत । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई अभिनन्दन गरिएको छ ।

नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा न्यायिक अन्वेषक नागरिक समाज नामक संस्थाले पूर्वसभासद एबम् माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य ढुङ्गेललाई विशेष कार्यक्रम गरेर सोमबार नागरिक अभिनन्दन गरेको हो । यो संस्था माओवादी पार्टीका कार्यकर्ताहरुले नै खोलेका हुन् ।

ढुङ्गेल प्रहरीको मोष्टवान्टेड सूचीमा छन् । ढुङ्गेल सार्वजनिक कार्यक्रममा हिँड्ने गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीतिक संरक्षणका कारण कारबाही हुन सकेको छैन ।

अमेरिकाले ढुंगेलको विषयमा चासो देखाएपछि केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो मुद्दा फिर्ता लिइदिन माग गरेका थिए। तर, सर्वोच्च अदालतले फिर्ता लिन नमिल्ने भनेकाले फिर्ता लिन मिल्ने अवस्था नरहेको भन्दै प्रचण्डले फर्काइदिएका थिए । त्यसपछि निकै आक्रोशित बनेका ढुंगेलले गृहजिल्लामा ढुंगेल आफैलाई नागरिक अभिनन्दन गराएका हुन्।

कार्यक्रम भएको स्थान ओखलढुंगा र रामेछापको सीमामा पर्छ । ढुंगेललाई सम्मान गर्ने कार्यक्रममा चार गाविसका प्रत्येक घरबाट दुई जना उपस्थित हुन तीनै दलले अनिवार्य ह्विप जारी गरेका थिए।

ढुंगेललाई सम्मान गर्न काठमाडौँबाट माओवादी नेता मणि थापालाई बोलाइएको थियो । नागरिक अभिनन्दन कार्यक्रमका बेला मोष्टवान्टेड ढुङ्गेललाई समाजसेवी, न्यायप्रेमी, विकासप्रेमी र गणतन्त्रका लािग संघर्ष गरेको नेताका रुपमा परिचित गराइएको थियो ।

ओखलढुङ्गा जिल्ला पोकलीका भुबन श्रेष्ठ ‘उज्जन’को हत्या आरोपमा सर्बश्व सहित जन्म कैदको सजाय सुनाइएका ढुङ्गेल प्रहरीको खोजीमा सूचीमा छन् ।

सोही कार्यक्रममा सैपु फेदीको एउटा स्कूलहातामा बन्न लागेको भुवन श्रेष्ठ ‘उज्जन’को सालिक बन्न नदिने ढुङ्गेलले चेतावनी दिए । उनले भने, ‘उज्जन श्रेष्ठको सालिक र सो स्थानमा स्थानमा पार्क निर्माण गर्न दिइने छैन ।’ उज्जन श्रेष्ठको हत्या भएको स्थानमा उनको सालिक र पार्क निर्माणको तयारी भइरहेका बेला ढुङ्गेलको यस्तो चेतावनी आएको हो ।

अभिनन्दन कार्यक्रममा ढुंगेलले उज्ज्वन श्रेष्ठको परिवारलाई गाउँमा बस्न नदिने चेतावनी समेत दिए । यसैगरी, आफूलाई पक्राउ गरेर देखाउन प्रहरीलाई चुनौती समेत दिए ।

कार्यक्रमस्थल उज्ज्वनकुमार श्रेष्ठको हत्यास्थल नजिकै पर्छ । २०५५ साल असार १० गते ढुंगेलकै नेतृत्वमा श्रेष्ठको हत्या भएको अभियोगमा सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । ढुंगेलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । पार्टीको नीति अनुसार आफूले काम गरेको दाबी उनले गरे पनि बहुजातीय विहे र रिसिइबीका कारण श्रेष्ठको हत्या भएको फैसला अदालतले गरेको छ ।