१ कार्तिक २०८३, आइतबार

यी हुन् भारतमा जन्मेका अंगीकृत नागरिकताधारी सांसदहरु (एक एकको नामसहित)

198.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । मधेसीलाई हेपेको भन्दै निहुँ मात्रै खोजिरहने दक्षिण छिमेकी भारतले नेपालको राजनीतिक अवस्थालाई एक पल्ट फर्केर हेर्नुपर्ने अवस्था रहेको छ ।

भारतको जनसंख्या संसारकै जनसंख्याको १६ प्रतिशत रहेको छ । नेपालमा पनि भारतमै जन्मेर रोटीबेटीको सम्बन्ध बनाएर सांसद र मन्त्री बनेका दर्जनौं छन् । ती मध्येका अहिले जानकारीमा आएका सांसदहरु पनि लगभग एक दर्जन रहेका छन् ।

तर भारतमा भने एउटा नेपाली सांसद भेट्टाउन पनि गाह्रो छ । अझै भारत भन्छ– तिमीहरुको संविधान समावेशी भएन् । संशोधन गरेर मधेसीलाई समेट । के मधेसीलाई समेट भनेर भारतले आफ्ना नागरिकलाई देशको प्रधानमन्त्री बनाउन खोजेको हो ? यो गम्भीर प्रश्न उठेको छ ।

भारतमा जन्मेर नेपालको सांसद र मन्त्री बनेकाहरु निम्नअनुसार छन्ः

१ माधवी रानी साह जन्म मोतिहारी, सांसद, सद्भावना पार्टी
२ आशा चतुर्वेदी, जन्म विहार सांसद मजोफो लोकतान्त्रिक
३. गीता क्षेत्री, जन्म भारत सांसद, मजफो लोकतान्त्रिक
४. डिम्पल कुमारी झा, जन्म सीतामढी भारत, सांसद संघीय सद्भावना पार्टी (अनिल झाको श्रीमती)
५ नेजमा आलम जन्म भारत, सांसद नेकपा एमाले
६. फुलझरी देबी, जन्म चम्पारण भारत, नेकपा माओवादी केन्द्र
७ शैल कुमारी देबी, सीतामणी, भारत, सांसद सदभावना पार्टी (राजेन्द्र महतोको श्रीमती)
८. सीता देवी यादव, मन्त्री तथा सांसद जन्म बिहार, नेपाली कांग्रेस
९. राज्यलक्ष्मी गोल्छा, जन्म भारत, सांसद नेकपा एमाले ।

(डायरी एक्सप्रेस)