१ कार्तिक २०८३, आइतबार

प्रचण्डले भारतको दलाली गरेको भन्दै नारायणकाजीले प्रचण्डलाई दिए विवेकहिनको संज्ञा

58.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । शान्ति प्रक्रियामाका सबै काम पूरा गर्ने, तीनवटै निर्वाचनमा संँगै लड्ने र वातावरण बनेपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमतिको कार्यान्वयन गर्ने बेलामा प्रचण्डले भारतको कुरा सुनेर ठूलो धोका दिएको भन्दै नारायणकाजी श्रेष्ठ प्रचण्डसँग आगो भएका छन् ।

‘जसले हरियो घाँस देखायो त्यतैतिर बहकने विवेकहीन पशुजस्तो हाम्रो अध्यक्ष हुँदा वाम एकता, सामाजिक न्याय र रुपान्तरणको मुद्धा पछि पर्यो, बन्दुक बोक्नेको जमात ठूलो भएपनि विवेकले चल्ने असाध्यै थोरै भए, भ्रष्ट, पदलोलुप, दास मनोवृतिका धेरै भए ।’  नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँगको अनौपचारिक कुराकानीमा पार्टी नेतृत्व र पार्टीप्रति असन्तुष्टि राख्दै भन्ने गरेका छन् ।

‘अब एमाले राष्ट्रवादी हुने र माओवादीहरु होइन बाबा भनेर खण्डन गर्नुपर्ने अवस्था किन आयो ? एमाले राष्ट्रवादी बन्ने प्रक्रियामा छ । विगतको गल्ती सच्चाउँदैछ, अनि माओवादी केन्द्र चाँहि पुरानो एमालेको ठाउँमा जाने ?’ नारायणकाजीले प्रश्न गर्ने गरेका छन् ।

नारायणकाजीको व्यवहारिक लाइनमा हिडेको भए माओवादी केन्द्र र पुष्पकमल दाहाल यो संकटको भुमरीमा नफस्ने उनका निकट रहेकाहरुले अहिले खुलेर भन्न थालेकf छन् ।

साँघु साप्ताहिकबाट ।