१४ कार्तिक २०८३, शनिबार

गृहमन्त्री निधि एकाएक किन जान लागे भारत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीन दिने भारत भ्रमणका लागि आज भारत जाँदै छन् ।

इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत जान लागेका हुन् ।

भारतमा निधिले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नेछन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्ने उनका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।

दहालका अनुसार निधिले कञ्चनपुरमा भारतीयको गोली लागेर मृत्यु भएकोबारे पनि कुराकानी गर्नेछन् ।