१ कार्तिक २०८३, आइतबार

राप्रपाका ठूलै नेता एमालेमा प्रवेश, कांग्रेस र माओवादीलाई पनि धक्का

147.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य अमरनाथ शर्मा एमालेमा प्रवेश गरेका छन् ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा शनिबार नवलपरासीमा आयोजित सभामा शर्मा राप्रपा परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । राप्रपाको पछिल्लो गतिविधि आफूलाई चित्त नबुझेको भन्दै शर्माले एमालेमा प्रवेश गरेको बताए ।

जिल्लामा राम्रो पकड बनाएका शर्माको एमाले प्रवेशले राप्रपालाई नवलपरासीमा ठूलो क्षति पुगेको छ ।

शर्मासँगै नवलपरासीमा विभिन्न दलका १३ सय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि छन् ।

पार्टी प्रवेश गरेका राप्रपाका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शर्मालाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गरेका हुन् ।