२८ आश्विन २०८३, बुधबार

कञ्चनपुर घटनामा मधेसी मोर्चा भारतको पक्षमा उभियो! (हेर्नुस् भिडियो)

49.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको पुनर्वास घटनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भारतको पक्षमा उभिएको छ ।

शुक्रबार बसेको संसद बैठकमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं मधेसी मोर्चाका नेता अशोक राईले कञ्चनपुरमा नेपाली मारिने गरी भएको घटनामा भारतीय सुरक्षाकर्मीले गोली नचलाएको दाबी गरेका हुन् ।

उनले भारतीय राजदूतावासले एसएसबीले गोली चलाएको छैन भनी निकालेको विज्ञप्तिको सर्मथन गर्दै भने– ‘कञ्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिएको छ । भारतीय दूतावासले गोली नचलेको बताएको छ । यो घटना रहस्यमय छ ।’

मोर्चाका जिम्मेवार नेता राईले भारतीय पक्षलाई फाइदा हुनेगरी अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=oGFoElrcpno