१ कार्तिक २०८३, आइतबार

गोविन्द गौतमलाई सहिद घोषणा, विशेष सम्मान दिइने, संसदमै रोए गृहमन्त्री निधि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । सरकारले भारतीय एसएसबीको गोली प्रहारबाट हत्या गरिएका गोविन्द गौतमलाई सहिद घोषणा गरेको छ ।

शुक्रबार बसेको संसद बैठकमा कञ्चनपुर घटनाका विषयमा सदनलाई जानकारी दिँदै गृहमन्त्री निधिले गौतमलाई सहिद घोषणाका साथै उनको अन्तिम दाहासंस्कारमा सरकारले विशेष सम्मान गर्ने बताए । उनले गौतमको परिवारलाई दश लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको पनि बताए । गौतमको परिवारलाई रोजगारी र छोराछोरीको शिक्षा निःशुल्क दिइने निधिले बताए ।

संसदमा कञ्चनपुर घटनाका विषयमा जानकारी गराउँदै गर्दा गृहमन्त्री निधि रोएका थिए । गौतमलाई सहिद घोषणा गरेको जानकारी गराउँदै गर्दा निधिको गला अवरुद्ध भएको थियो । गला अबरुद्ध भएपछि उनी केही समय रुकेका थिए ।