
काठमाडौं, २७ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी घटनाको विरोधमा संसदमा आज नारावाजीका साथै हंगामा मच्चाउने भएको छ ।
लामो समयको स्थगनपछि बस्न लागेको आजको संसद बैठकको शुरुमै विशेष समय लिएर बोलेर नारावाजी गर्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उनले भने, ‘सप्तरीमा चार जनाको ज्यान गएको छ । दजर्नौं सर्वसाधारण घाइते भएका छन् । त्यसको विरोधमा संसदमा नारावाजी गर्ने छौँ । धारणा राख्ने छौँ । त्यसपछि बाहिर निस्कन्छौँ ।’
मधेसी मोर्चाका सांसदहरूले बैठकमा नारावाजी गर्दै बाहिर निस्कने तयारीमा रहेको उनले बताए ।
एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीमा भएको कार्यक्रमपछि मधेसी मोर्चाका समर्थक र प्रहरीबीच भएको झडपमा चार जनाको मृत्यु भएपछि मधेस केन्द्रित दलका नेताहरू आक्रोशित भएका छन् ।











प्रतिक्रिया