३ कार्तिक २०८३, मंगलबार

वालिङका मासु पसलको अनुगमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, २६ फागुन । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ ।

इलाका प्रशासन कार्यालय वालिङको अगुवाइमा गरिएको मासु पसल अनुगमन क्रममा मूल्यमा एकरुपता नभएको, मूल्यसूची टाँस नगरिएको, बिना दर्ता पसल सञ्चालन गरिएको पाइएको र काट्ने ठाउँको सरसफाइ गर्नका लागि सुझाव दिइएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताउनुभयो ।

“अहिले व्यवसायीमा देखिएका कमीकमजोरीलाई सुधार गर्नका लागि सुझाव दिएका छौँ”, शर्माले भन्नुभयो, “फेरि केही समयपछि छड्के अनुगमन गर्छौं र सुधार नभएमा प्रचलित कानुनअनुसार कारबाही हुनेछ ।”

“वालिङ नगरभित्रका मासु पसलमा मूल्य एकरुपता छैन”, वालिङ मासु व्यवसायी सङ्घका अध्यक्ष खेमराज गौडेलले भन्नुभयो, “मासु व्यवसायी सङ्घले तोकेको मूल्यमा बिक्री–वितरण नगर्ने मासु पसललाई कारबाही गर्नेछौँ ।”

मासु व्यवसायी सङ्घका अध्यक्ष गौडेलका अनुसार अहिले खसीको मासु प्रतिकिलो सात सय, कुखुराको तीनसय ८०, राँगा तीनसय ९०, भैँसी तीनसय ८०, बाख्री चारसय ५० र बङ्गुरको तीनसय ६० रुपैयाँ तोकिएकोे छ । रासस