काठमाडौं, २७ फागुन । संविधान संशोधनका विषयमा दलहरूका बीच सहमति हुन नसक्दा लामो समय स्थगन भएको संसदको बैठक आज बस्दैछ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकहरू पेश हुन सक्ने बुझिएको छ ।
स्रोतका अनुसार आजको बैठकमा मन्त्रिपरिषद विस्तार र मन्त्रीहरूको जिम्मेवारी बाँडफाँटका विषयमा जानकारी दिइनेछ ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपाका अध्यक्ष कमल थापा र दिलानाथ गिरीलाई मन्त्रिपरिषदमा समावेश गराएका थिए । थापाले उपप्रधान र स्थानीय विकास तथा गिरीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
संविधान संशोधनका विषयमा एमाले र सत्तारुढ दलहरूबीचको तनावका कारण स्थगित हुँदै आएको संसद बैठक झण्डै दुई सातापछि आज बस्न लागेको हो ।











प्रतिक्रिया