काठमाडौं, २६ फागुन । एमाले संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले मधेसी मोर्चाका व्यक्तिले इँटा–ढुङ्गा प्रहार गर्दा एमालेका नेता र कार्यकर्ताले हात हल्लाएर स्वागत गरेको टिप्पणी गरेका छन् ।
राजविराज घटनाका विषयमा नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उपनेता नेम्वाङले एमालेले भीडन्त नचाहेको बताए ।
उनले भने, ‘झापाबाट शुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान राजविराजसम्म जनताको अपार समर्थनमा सफल भयो । राजविराज पुग्दै गर्दा हामीलाई मोर्चाका व्यक्तिले इँटा–ढुङ्गा प्रहार गरे । तर, हामीले हात हल्लाएर स्वागत गर्यौँ ।’
नेम्वाङले भने, ‘एमालेले चाहेको भए ढुङ्गा हान्ने मधेसी मोर्चाका व्यक्तिहरूको प्रतिकार गथ्र्यो । तर गरेनौँ ।’
उनले राजविराज आक्रमणको एमालेले भण्डाफोर गर्ने बताए । त्यसका लागि अभियान नै शुरु भइसकेको बताए । ‘राजविराज घटनालाई नजिरको रुपमा बस्न दिँदैनौँ’, संसदीय दलका उपनेता नेम्वाङले भने, ‘भण्डाफोर गरिन्छ । मधेसी दलहरूले जिम्मेवारी लिएका छैनन् । लिनु पर्छ ।’











प्रतिक्रिया