५ मंसिर २०८३, शनिबार

मन्त्रिपरिषद बैठकः एमालेको मेची महाकाली अभियानमा रोक लगाउन मन्त्रीहरुको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेकपा एमालेले सञ्चालन गरिरहेको मेची महाकाली राष्ट्रिय अभियानमा रोक लगाउनुपर्ने माग मन्त्रीहरुले गरेका छन् ।

अभियानको क्रममा प्रहरीको गोली लागेर सप्तरीमा चार जनाको मृत्यु भएपछि बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा रोक लगाउनुपर्ने आवाज उठेको हो । बैठकमा अभियानपछि उत्पन्न परिस्थितीबारे पनि गम्भीर छलफल भएको एक मन्त्रीले बताए ।

उनका अनुसार अभियान रोक्न प्रधानमन्त्रीले गरेको आग्रहलाई एमालेले अस्वीकार गरेको भन्दै केहि मन्त्रीले सरकारले नै अभियानमा रोक लगाउनुपर्ने माग गरेका थिए । उनीहरुले एमालकै अभियानले तराई अशान्त भएको र सुरक्षा चुनौति थपिएको तर्क गर्दै रोक लगाउनुपर्ने माग गरेका हुन् ।  तर यसबारे कुनै निर्णय भएन् ।