काठमाडौं, २५ फागुन । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा विदेशबाट आएका पाहुनाको लागि राज्यको तर्फबाट स्वागत गर्दा प्रयोग हुने अति विशिष्ट स्थलको मौलिक ढङ्गले निर्माण सम्पन्न हुन लागेको छ ।
विदेशी अति विशष्ट पाहुना नेपाल आउँदा पालको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न पर्यटन मन्त्री जीवनबहादुर शाहीले नेपाली मौलिकतामा आधारिता संरचना निर्माण गर्न सक्रियता देखाएका थिए । मन्त्री शाहीले प्रत्यक्ष निगरानीमा राखेर निर्माणलाई अगाडि बढाएकाले छोटै समयमा अति विशिष्ट कक्षका लागि भौतिक संरचना तयार भएको छ ।
मन्त्री शाहीले बुधबार संरचना निर्माण स्थलको निरीक्षण गर्दै केही दिनभित्र प्रयोगमा आउने निश्चित भएको बताए । उक्त स्थानमा विदेशी राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुख आउदा स्वागत गर्न प्रयोग गरिदै आएको छ । पहिला त्यस्तो संरचना नहुंदा अस्थायी प्रकृतिको व्यवस्था गर्ने गरिएको थियो ।
वर्षौदेखि हिलो र पालमा बस्नु पर्ने बाध्यता रहेका भिभिआइपीहरुले यो कक्ष निर्माण भएसँगै त्यसबाट छुटकारा पाउने भएका छन् । पानी परिरहेको समयमा भिभिआइपी आउदा झन कष्टपूर्ण अवस्थामा स्वागत गरिन्थ्यो । अब भने पानी, हिलो र पालबाट भिभिआइपीलाई मुक्ति मिल्ने भएको छ ।
पाहुनाले सास्ती र राष्ट्रले वेइज्जती भोग्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
















प्रतिक्रिया