काठमाडौं, २५ फागुन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले मुलुकमा ‘तालेवानी’ राजनीति शुरु गरेको आरोप लगाएका छन् ।
सप्तरीको राजविराजमा भएको घटनाका विषयमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै सचिव ज्ञवालीले मधेसी मोर्चाले आफूलाई हिंस्रक बनाउन लगेको बताए । उनले एमालेका नेताहरूको सामूहिक हत्या प्रयास भएको भन्दै आलोचना गरे ।
‘मधेसी मोर्चाले तालेवानी राजनीतिक शुरु गरेको छ’, उनले भने, ‘सप्तरीमा अफ्गानिस्तानमा जस्तो भयो । अफ्गानिस्तानमा आफ्ना बालबालिकालाई पढाए वाफत कारबाही भोग्नु परेको थियो । तराईमा अहिले मधेसी मोर्चाको व्यवहार त्यस्तै छ ।’
एमाले सचिव ज्ञवालीले भने, ‘मधेसी मोर्चा र जयकृष्ण गोइतको व्यवहारमा कुनै फरक रहेन । उहाँहरूको बीचको दुरी कम हुँदै गएको छ ।’











प्रतिक्रिया