३० आश्विन २०८३, शुक्रबार

संघर्षशील नारीमध्येकी एक ‘लीला स्त्री’

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखिका : शिवा स्त्री

हरेक वर्ष मार्च ८ अर्थात फागुन २५ गते अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको १०७औँ वर्ष बितिसकेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्दा १०७ वर्ष अगाडि कारखानामा कार्यरत श्रमिक नारीहरुले अमेरिकामा गरेको क्लारा जेट्किन नाम गरेकी नारीको नेतृत्वमा भएको आन्दोलनबाट पत्ता लागेको पाइन्छ । विश्वको सबैभन्दा विकसित र धनी देश अमेरिकी समाजमा पनि नारी र पुरुषबीच भेदभाव पूर्ण व्यवहार गरेका कारण कारखानामा समान काम गर्नेनारी र पुरुषबीच समान ज्याला नदिएकाले दैनिक १६ घण्टा पुरुष सरह काम गर्नु पथ्र्यो तर समान ज्याला नपाएका कारण यसबाट असन्तुष्ट भएका कपडा मिलका नारी मजदुरहरु “समान कामको समान ज्याला, समान रोजगार र अवसर” को नारा लिएर नारी अधिकारका लागि यही ८ मार्चका दिन सन्१९०८ मा अमेरिकाको न्युयोर्कमा सडकमै उत्रिएर आन्दोलन गरेका थिए । नारी अधिकारका लागि लड्ने विश्वकै पहिलो नारी नेतृ क्लारा जेटकिनको मृत्यु सन् १९३३ मा भयो । उनले त्यस बेलामा उठाएका नारी समानता र स्वतन्त्रताको प्रेरणाले विश्वका सबै अग्रगामी नारीहरु मुक्तिका लागि लडिरहेका छन् । उनले देखाएको बाटोलाई पछ्याइरहेका छन् ।

१०७औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा केही नारी स्वतन्त्र रुपले जीवन जीउन पाएसँगै आफनो कर्मक्षेत्रमा सफल हुँदै विभिन्न क्षेत्रमा सक्रिय छन् । जसमध्ये एक उद्यमी र विभिन्न सामाजिक एवम् धार्मिक क्षेत्रमा सक्रिय संघर्षशील नारीमध्येकी एक हुनुहुन्छ गुल्मीमा जन्मेर काठमाडौंमा व्यवसायसँगै सक्रिय नारी “लीला स्त्री” सर्वप्रथम त यि साहसिली र हिम्मतिली नारीको आत्मविश्वासलाई सलाम ।

अहिले त व्यावसायिक क्षेत्रमा होस् वा सामाजिक, धार्मिक राजनीतिक तथा सामान्य अफिसदेखि ठूल ठूला वित्तिय संस्थाहरुको जिम्मेवारी एवम् व्यवस्थापन र संचालकमा होस् नारीलाई नै देख्नु अब कुनै आश्चर्यको दृश्य रहेन् । हरेक क्षेत्रको सरल कामदेखि जटिल काम सम्म नारीले सहज र सक्षम तरिकाले गरेको पाइन्छ । हिजोआज हरेक काम पूर्ण आत्मविश्वासका साथ अहिकोे व्यस्त दुनियाँमा व्यस्त नारीहरु प्रशस्तै छन् ।

केही समय पहिले आफनो व्यवसायको निम्ति काठमाडौंदेखि बुटवल आएकी लीला स्त्रीलाई एउटा कार्यक्रम भेट्दै गर्दा उहाँले बोलेका केही शब्द मलाई अझै पनि याद छ । उहाँले–“हामीले केही महिनादेखि नाकाबन्दीको मार खेप्दै आएका छौ । आज यसरी भारतले नाकाबन्दी गर्दा धेरै वस्तुको अभाव भएको छ । हामी सधै अरुसगँ निर्भर भयौ । पहिलेदेखि नै भन्दै आएको शब्द परनिर्भर बनौ अब त साच्चिकै परनिर्भर हुन जरुरी छ । हामी परनिर्भर हुन नसक्दा आज स्नातक र मास्टर डिग्री उत्तीर्ण गरेर आफनै देशमा आफनो प्रतिभा र शिक्षाको कदर हुन नसकदा आफनो देश, समाज र परिवारको उन्नती गर्न चाहाने शिक्षित युवाहरु विदेशिएका छन् । जबसम्म यी प्रतिभावान सक्षम युवालाई यही देशमै परिचालन नगरेसम्म देश सम्मृदि तर्फ अघि बढ्दैन । उहाँले यसरी देशको संमृद्ध र युवाहरुको बारेमा पूर्ण आत्मविश्वासका साथ भन्दा आनन्द लाग्यो र खुसी पनि लाग्यो । खुसी केवल नारीहरुको आत्मविश्वास देखेर मात्र लागेको होइन । मेरो खुसीको कारण हो– नारीहरुको आर्थिक सम्पन्नता र माथि उठिरहेको उनीहरुको राष्टिय चिन्तन ।

अहिले लीला स्त्री जस्ता थुप्रै नारी छन् । जसले ठूल्ठूला व्यवसाय चलाएका छन्, संचार माध्यम चलाएका छन् । दुईभाइ बहिनी मध्येकी एक हुन् । लीला स्त्री । उहाँ व्यवसायी रुपमा पनि नेपाली उत्पादित वस्तुलाई नै विश्व बजारसम्म पुराउने उहाँको लक्ष्य छ भन्नुहुन्छ । उहाँ हाम्रो ग्रुप अफ कम्पनीको एजुकेटिभ मेम्बर, सडक बालबालिकालाई मनोसामाजिक वैज्ञानिक परामर्शदाताको रुपमा कार्यरत पनि हनुहुन्छ । त्यस्तै जयसंगत संस्थाको सक्रिय सदस्य, राष्टिय धर्मसभाको आजीवन सदस्य , नेपाल योग तथा प्राकृतिक चिकिस्सा पूर्व विधार्थी परिषद वाल्मीकी को कोषादस्य, नेपाली महिला सभा सेवा समाजको सितापाइलाको सचिव, त्यस्तै अन्य सामाजिक क्षेत्रमा पनि आबद्ध रहन सफल हुनुहुन्छ । यो सफलता पाएर कस्तो अनुभूति भएरहेको छ भन्ने प्रश्नमा उल्टै प्रतिप्रश्न गर्नुहुन्छ– सफलता कुन कुरालाई मान्ने ? यसको मापदण्ड र आधार के हो ? हुन पनि सफलता नाप्ने इन्चीटेप अहिलेसम् मबनेको छैन । यद्यपि पछिल्लो समय अझ व्यस्त रहनुभएकी लीला स्त्रीले आफनो मोबाइलमा आएको फोन रिसिभ गरेलगत्तै जवाफ दिनुभयो– मेरो जीवन सफलतातर्फ उन्मुख भएको अनुभूति गरिरहेको छु । यो अनुभूति हुनुको पछाडि मेरो लक्ष्य प्राप्ति प्रतिबद्वता, आफूभित्रकोृ गुणको पहिचान, लगनशीलता र आत्मविश्वास आदि थुप्रै कुरा छन् । जसको लक्ष्य तथा दृष्टिकोण पक्का हुन्छ, उनीहरु कहिल्यै सानातिना विषयमा अल्झदैनन्,पछुताउदैनन् भन्ने उहाँको तर्क छ ।

पछिल्लो समय धार्मिक र सामाजिक सँगै व्यवसायलाई नै अगाडि बढाउन सक्रिय रहनुभएकी लीला स्त्रीलाई यति धेरै क्षेत्रमा काम गर्न कसरी भ्याउनुहुन्छ भन्ने जिज्ञासा भुइँमा खस्न नपाउँदै भन्नुभयो– समयलाई मैले मिलाउने हो, समयलाई सही तरिकाले बाँडफाड र सदुपयोग गर्न जान्यो भने जति पनि काम गर्न भ्याइन्छ र सकिन्छ पनि । जानिएन भने एउटा पनि काम गर्न सकिदैन । किनकि उहाँको परिभाषामा सफलता भन्ने कुरामा मानिसले जीवनको अन्तिम क्षणसम्म थाहा पाउँछ भन्ने उहाँको विचार छ । उहाँलाई जति अघि बढे पनि अझ उचाइँ चढ्ने चाहाना हुन्छ । आफ्नो कार्यसँग सन्तुष्ट भएर निरन्तर लागिरहनु अनि सहकर्मीहरुको साथ र सहयोग पाउनुलाई उहाँ सफलताको सिढी चढ्ने माध्यमका रुपमा लिनुहुन्छ । आफनो सफलतालाई व्याख्या गर्दै लीला स्त्री भन्नुहुन्छ “त्रिशुलीको पानी अञ्जुली उघाएर पिउँदैमा सधैका लागि तिर्खा मेटिदैन” उहाँ आफ्नो कामबाट आत्मसन्तुष्टि मिल्नुलाई सफलता नभनेर अझ अघि बढ्ने प्रेरणा र उत्साहका रुपमा लिनुहुन्छ । तसर्थ उहाँ आफ्नो काममा आत्मसन्तुष्ट भएर पनि सफल हुनका लागि अघि बढ्ने दौडानमा छुर त्यसैका लागि निरन्तर संघर्ष गरिरहेकी छु भन्नुहुन्छ ।

कुनै पनि ठाँउमा काम गर्न केवल शिक्षा मात्र प्रयाप्त हुदैन् । जस्तोसुकै काममा होस् आट, हिम्मत चाहिन्ट नै । आट, हिम्मतका लागि पनि दृण विश्वास चाहिन्छ नै । यि सबै कुराले नारी सक्षम नभए सम्म त कुनै पनि कामको जिम्मा लिन सक्ने स्थिति हुदैन । यसकारण के स्पष्ट हुन्छ भने कामकाजी नारीको संख्या बढ्को छ । त्यसमा पनि समाजमा सम्मानित अनि राम्रो र धेरै आम्दानी हुने खालका काममा पनि नारीको संख्या दिनप्रतिदिन बढेको पाइन्छ । सगसगै संचारका माध्यममा पनि आजका नारी संचार माध्यममा काम गर्न मात्र होइन, व्यवस्थापन देखि संचार माध्यम संचालन गर्नसमेत सक्षम छन् । नियमित रेखदेख गर्न पनि सक्षम छन् आजका नारी यसको प्रमाण नारीहरुको बाक्लो उपस्थिति भन्दा अर्को के हुन सक्छ र ?

घर र अफिसको भार बोकेर भए पनि काम गर्ने आत्मनिर्भर हुने नारीहरुको इच्छा र साहसकै नतिजा हो, नारीहरुको सुधारोन्मुख आर्थिक स्थिर । आर्थिक बलियो भएपछि समाजले नारीलाई हेर्ने दृष्टिकोण पनि विस्तारै परिवर्तन आइरहेको महसुस गर्न सकिन्छ । सक्षम र सहज तरिकाले काम गरेको देखेर होला धेरै ठाँउमा नारीकै माग हुने गर्दछ ।र समाजले नारीप्रति गर्ने व्यवहारमा विस्तारै परिवर्तन आएका थु्रपै उदाहरण पनि छन् । जस्तै पुरुषकै तुलनामा काम गर्न सक्ने नारीले अब आलोचित हुन भने पर्दैन । केही वर्षअघिकै कुरा गर्दा नारीलाई ठुलठुला कम्पनीको व्यवस्थापनको काम सुम्पीन डराउथे अझ व्यपसाय त नारीले गर्नै सक्दैनन् भन्ने मानसिकता पनि थियो । तर अहिले यस्तो स्थिती छैन । यसलाई सहज रुपमा लिन थालिएको छ । अझ पुरुषहरुको तुलनामा संचालक देखि व्यवस्थापन सम्म बढी सजक भएको प्रमाणित भएको र समाजले पनि यसलाई राम्रोसगँ बुझेको छ । यद्यपि यत्तिकैमा त भेदभाद त हटेको छैन, तर परिवर्तन भने खुसीलाग्दो नै छ ।

यि खालको परिवर्तन सहरमा जुन रुपमा भएको छ तर गाँउमा भने एकदमै कम मात्रामा परिवर्तन भएको पाइन्छ । हुनत परिवर्तन भनेको फूलको सुगन्ध जस्तै हो । शहरबाट शुरु भएर परपर फैलदै जाने । सबै कुराको हकमा शहर नै हुन्छ भन्ने होइन । कतैबाट शुरुवात भएर क्रमिक रुपमा बढ्दै जान्छ । आज शहर केन्द्रित नारीले आफनो आर्थिक एंवम् सामाजिक स्तरमा केही परिवर्तन ल्याएका छन् । भोलि यहि लहरले गाँउका नारीलाई पनि अवश्य समेट्ने छ ।

यो त एउटा उदाहरण नारीको सामाजिक परिवर्तनको सुचक नारी उद्यमी, व्यवस्थापक र संचालक भए त्यस्तै अन्य विभिन्न खालका सामाजिक परिवर्तन हुदै गएका छन् । जसले गर्दा केही नारी आर्थिक रुपले सवल र सक्षम भएका छन् । त्यसैले त भन्नै पर्छ लिला स्त्री जस्ता संघर्षशील साहासी आम नारीलाई अझै आत्मविश्वास र हिम्मतका साथ अगाडि बढ्दै जाउ यही छ नारी दिवसको लाखौ लाख शुभकामना…