५ मंसिर २०८३, शनिबार

सप्तरी घटनामा गम्भीर घाइते एमाले कार्यकर्तालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत हिजो सप्तरीको राजविराजमा भएको गोलीकाण्डमा घाइते भएका युवा संघ नेपाल मोरङ जिल्ला कमिटी सदस्य मनोज सिंह राईलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

युवा संघका नेता रोशन बस्नेतका अनुसार राजविराजमा भएको गोली काण्डमा भागदौडका क्रममा घाइते भएका राईलाई हेलिकप्टरमार्फत मंगलबार काठमाडौं ल्याई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । उनलाई आईसीयुमा राखिएको छ ।

विराटनगरको नोवेल अस्पतालमा उपचार हुन नसकेपछि राईलाई काठमाडौं ल्याइएको र ट्रामा सेन्टरमा वरिष्ठ चिकित्सकहरुले उनको उपचार गरिरहेको बस्नेतले बताए । उनका अनुसार राईको करङ ५ ठाउँमा भाचिएको तथा आन्तरिक रक्तश्राव धेरै भएको कारण अवस्था गम्भीर छ ।