काठमाडौं, २४ फागुन । मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ ।
हिजो सप्तरीको राजविराजमा भएको घटनाको समिक्षा र आवश्यक निर्णय लिन साँझ ६ बजे बस्ने भनिएको पूवनिर्धारित बैठक विशेष कारणवश स्थगित भएको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक संजाल ट्वीटरमार्फत गराएका छन् ।
विशेष कारण के हो भन्ने खुल्न सकेको छैन् ।
स्रोतका अनुसार सप्तरी घटनाको सूचना मिडियामा चुहाइएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच विवाद बढेपछि बैठक बस्न नसकेको बताइएको छ ।












प्रतिक्रिया