५ मंसिर २०८३, शनिबार

नयाँ सरकार बारे काँग्रेस नेता पौडेलले मुख खोले, यस्तो छ प्रतिक्रिया

13.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २४ फागुन । वर्तमान सरकारको भविष्यका बारे बिभिन्न अडकालबाजी भइरहेका बेला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकारको विकल्पका बारेमा पनि मुख खोलेका छन् ।

रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले आवश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि गर्नुपर्ने बताए । पौडेलले यसअघि काँग्रेस माओवादीकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए ।

सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको उनको भनाइ छ । सप्तरीमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने उनले बताए ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सप्तरी घटनाले प्रभाव पार्न नहुने पौडेलको भनाइ छ ।

मधेसको घटनालाई लिएर एमालेले तीन दिनका लागि कार्यक्रम स्थगन गर्नु सकारात्मक पक्ष भएको पनि नेता पौडेलले बताए ।