५ मंसिर २०८३, शनिबार

के प्रचण्ड सरकार ढल्छ ?

63.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सप्तरी गोलीकाण्डसँगै माओवादी केन्द्र नेतृत्वको सरकारको भविष्यमाथि पनि प्रश्न उब्जिएको छ । खासगरि, मधेशी मोर्चा आबद्ध दलहरुबीच सरकारलाई दिने समर्थन फिर्ता लिने अनौपचारिक सहमति भएको बताइएको छ ।

मोर्चाका नेताहरुले आइतबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए पनि औपचारिक निर्णय भएको छैन् । तर, मधेशी मोर्चाले दिएको समर्थन फिर्ता लिइए पनि सरकारलाई खतरा देखिएको छैन् । माओवादी काँग्रेसको गठबन्धनसँग त्यसपछि पनि बहुमत हुने अंकगठितले देखाएको छ ।

यस्तो छ अंकगणित

कुल सांसद संख्या ५९४
सरकारलाई बहुमतका लागि आवश्यक २९८

काँग्रेस २०७
माओवादी केन्द्र ८१
साना दलका ९
नेकपा संयुक्त ३

मोर्चाविना नै सरकारसँग ३ सय जना सांसदको समर्थन देखिएको छ । कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी र बिजयकुमार गच्छदार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् ।

अंकगणित होइन् अविश्वास प्रचण्डलाई मुख्य खतरा

अकंगणितीय हिसाबले काँग्रेस-माओवादी गठबन्धनलाई बहुमत देखिए पनि सप्तरी घटनाले दुई दलबीच अविश्वासको वातावरण सिर्जना गरेको छ । खासगरि, प्रधानमन्त्रीले गोली चलाउन निर्देशन नदिँदा नदिँदै पनि गृहमन्त्री विमलेन्द्र निधिको ठाडो निर्देशनमा सप्तरीमा गोली चलेको रहस्य खुलेपछि काँग्रेस र माओवादी केन्द्रबीच दरारको अवस्था सिर्जना भएको छ । काँग्रेसका तर्फबाट नेतृत्व गरिरहेका विमलेन्द्र निधिलाई गृहमन्त्रीबाट हटाउनुपर्ने माओवादीका नेताहरुले गरेपछि प्रधानमन्त्री प्रचण्डलाई झनै संकट परेको छ । अहिले काँग्रेसका तर्फबाट उपप्रधान तथा गृहमन्त्रीका रुपमा निधिले सरकारमा प्रतिनिधित्व गरिरहेका छन् ।

काँग्रेस र माओवादी केन्द्रबीच राजदूत नियुक्ति, प्रहरी प्रमुखको नियुक्ति लगायतको विषयलाई लिएर यसअघि नै दरार सिर्जना भइसकेको छ । सप्तरी घटनाले थप दरार सिर्जना गरे बहुमत हुँदाहुँदै पनि सरकार ढल्ने अवस्था आउन सक्ने विश्लेषण गरिएको छ ।