– नरेश केसी
भैरहवा, २३ फागुन । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत उपाध्ययले भने– ‘भर्खरै काठमाण्डौंमा लगानी सम्मेलनमा सकियो, जसले नेपालमा भारतको लगानी दर घटेको छ त्यसको मुल कारण लगानीको असुरक्षा नै हो ।’
उपाध्यायले बन्द हड्तालको कारण लगानीको सुरक्षामा चुनौति थपिएको बताए ।
राजदूत उपाध्ययले भारतको सहयोग बन्ने हुलाकी मार्ग छिट्टै निर्माण हुने जनाउदैं हुलाकी मार्गको दायाबायांको अतिक्रमण हटाउनको लागी स्थानिय निकायले भूमिका खेल्न आग्रह समेत गरे ।
उनले भारतमा रहेका ५० औं लाख नेपाली भाषी भारतीयले नेपालको समृद्धि चाहेको जनाउदैं निजी क्षेत्रले विशेष सेल बनाएर सरोकारवालाको ध्यान तत्काल समस्या पर्दाको बखत नै आकर्षण गनुपर्ने जनाए । उनले आइवोसी र एनओसीबीच नयां सम्झौता भएपश्चात नेपाल तेलको संकट नहुने जिकीर गरे ।
भारतमा भइरहेको निर्वाचनको कारण भारुको समस्या बढेको जनाउदैं केही समयमै नेपालमा रहेको सबै भारु साटिने समेत जनाए । उनले भारतबाट नेपालमा फोन गर्दा महंगो परेको जनाउदैं सो घटाउन भारत सरकारसंग पहल गरिरहको जनाउदैं भारतीय पक्षबाट हुने कुनैपनि समस्या भए तत्काल आफुलाई सम्पर्क गर्न पनि आग्रह गरे ।
राजदुत उपाध्ययलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, भैरहवा भन्सार कार्यलय प्रमुख, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा लगायतका संघसंस्थाका प्रमुख एवं प्रतिनिधीले सीमा क्षेत्रमा लागु औषधको समस्या समाधान डिडि र वीनवीन कम्पनिको नाममा भइरहहेको मानव तस्करी रोकथाम भारतमा बैंक खाता खोल्दाको समस्या जस्ता विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । सो अवसरमा सांसद अब्दुल रज्जाक सहित विभिन्न संघसंस्थाको प्रमुखको सहभागीता रहेको थियो ।
राजदूतले गरे उर्जामन्त्रीको प्रशंसा
यसैबीच राजदूत उपाध्ययले उर्जामन्त्री जर्नादन शर्मा प्रभाकरको खुलेर प्रशंसा गरेका छन् ।
राजदूत उपाध्ययले भैरहवामा आयोजित एक कार्यक्रममा उर्जामन्त्री शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसींगको भिजन र मिसनको कारण उर्जा संकट हटिरहेको जनाए ।
उनले अब काठमाण्डौं पोखरा मात्रै नभएर भैरहवा लगायतका औद्योगिक शहरलाई पनि लोडसेडिंग मुक्त बनाउन आफुले आग्रह गर्ने जनाए । सरकारले आवश्यक्ता अनुसार मागेको विद्युत सहयोग भारतबाट दिलाउन आफुले पहल गरिरहेको पनि जनाए ।















प्रतिक्रिया