५ मंसिर २०८३, शनिबार

सप्तरी अपडेटः एमाले कार्यकर्तामाथि पेट्रोल बम प्रहार, केही व्यक्ति अस्पतालमै कुटिए

31.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २३ फागुन । सप्तरीको राजविराजमा एमालेको सभा विथोल्न खोज्दा प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम बिथोल्न राजबिराजस्थित गजेन्द्रनारायण मैदान छेउ पुगेका मलेठ– २ का सञ्जन मेहताको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो । मेहताको टाउकोमै गोली लागेको थियो ।

एमाले कार्यकर्तामाथि पेट्रोल बम प्रहार

यस्तै, एमालेको सभा विथोल्न खोजेका मधेसी मोर्चाका कार्यकर्ताले अहिले राजविराजमा एमाले कार्यकर्तालाई निशाना बनाइरहेका छन् ।

सुरक्षा निकायबाट प्राप्त पछिल्लो रिपोर्टअनुसार एमालेको जनसभामा हमला हुँदा प्रहरीको गोलीले १ जनाको मृत्यु भएको, एकको अवस्था गम्भीर रहेको र १५ जना घाइते छन् ।

सुरक्षाकर्मीले नेताहरूलाई कार्यक्रमस्थलबाट सुरक्षित स्थानतर्फ पठाईसकेको छ । तर, कार्यकर्ताहरू अझै कार्यक्रमस्थलबाट बाहिरिने क्रममा छन् । मधेसी मोर्चा कार्यकर्ताहरूले उनीहरुमाथि पेट्रोल बम समेत फालिरहेका छन् ।

त्यस्तै सगरमाथा अञ्चल अस्पतालमा पनि ‘पहाडी मूल’को भन्दै केही व्यक्तिमाथि कुटपिट भएको खबर प्राप्त भएको छ ।