५ मंसिर २०८३, शनिबार

एमालेको अभियानमा अवरोध नगर्न मधेसी मोर्चालाई बारको चेतावनी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । नेपाल बार एसोसिएनले राजनीतिक दलले तराईको विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा सञ्चालन गरेको सभा, सम्मेलन र गतिविधिमाथि बाधा अवरोध पुर्याएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका सचिव इन्द्रबहादुर अधिकारीद्धारा आज जारी विज्ञप्तिमा तराई–मधेसमा शान्तिपूर्ण सभा सम्मेलन गर्दा अवरोध, प्रदर्शन, अमर्यादित र मानव अधिकारविपरीत मधेसवादी दलको क्रियाकलापप्रति बारको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक दलहरुले संविधानप्रदत्त राजनीतिक अधिकार प्रयोग गर्ने क्रममा पूर्व निर्धा्रित कार्यक्रममा हस्तक्षेप गर्ने, आक्रमण गर्ने, चक्काजाम गर्नेजस्ता मानवअधिकारको मर्म्विपरीत कार्य नगर्न नगराउन आग्रह गरिएको छ ।