५ मंसिर २०८३, शनिबार

ओली सरकारका सिंचाईमन्त्री नै एमालेको अभियान विथोल्न सक्रिय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २३ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री उमेश यादव एमालेको मेची महाकाली राष्ट्रिय अभियान विथोल्न सक्रिय भएर लागेको भेटिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली अभियान नविथोल्न मधेसी मोर्चालाई आग्रह गरिरहँदा माओवादीका जिम्मेवार मधेसी सांसद यादवले भने अभियान विथोल्न आइतबार अपराह्न सप्तरीको मैनाकडेरी गाउँमा भेला गरेर एमाले मधेसी विरोधी भएकोले उसको अभियान राजबिराजमा हुन नदिन आफ्नो तर्फबाट सम्पूर्ण शक्ति परिचालन गर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘मधेसविरोधी पार्टी एमालेलाई कुनै हालतमा सप्तरीको राजविराज प्रवेश गर्न दिनुहुँदैन्,’ यादवले कार्यकर्तालाई निर्देशन दिँदै भने– ‘कार्यक्रम हुन नदिन हर प्रयास गर्नुस् ।’

अझ रोचक कुरा त के भने सांसद यादव तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सिंचाई मन्त्री थिए । त्यतिमात्रै होइन् उनले २०७१ साल माघ ५ गते संविधानसभामा भएको तोडफोड काण्डको अगुवाई गरेका थिए । उनले संविधानसभा भवनमै कुर्सी उचालेर संविधानसभा अध्यक्ष र एमाले अध्यक्षमाथि प्रहार गरेका थिए ।

सप्तरीमा माओवादी सांसद यादव मधेसवादी दलजस्तै क्रियाकलापमा उत्रिएपछि एमालेको अभियान विथोल्न सत्ता गठबन्धन भित्रभित्रै सक्रिय छ भन्ने पुष्टि भएको एमाले नेताहरु बताउँछन् ।

यसअघि लाहानमा आयोजित पार्टीको आन्तरिक भेलामा उपप्रधान एवं गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले एमालेलाई मधेसका गाउँगाउँबाट लखेट्न निर्देशन दिएका थिए ।