३ कार्तिक २०८३, मंगलबार

प्रथम नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २३ फागुन । प्रथम नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारतको उत्तराखण्डको प्रादेशिक राजधानी देहरादुनको परेड मैदानमा आइतबारदेखि सुरु भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य वस्तु, पर्यटकीय क्षेत्रको जानकारी, टुर एन्ड ट्राभल्सको प्याकेज कार्यक्रम तथा नेपाली कलासंस्कृतिको प्रदर्शनी खाद्य परिकार राखिएका छन् ।

नेपाल–भारतको व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रचार र प्रसार गर्न, नेपाली वस्तु प्रर्वद्धन गर्न र देहरादुनका स्थानीय व्यवसायीसँग नेपाली उद्यमीको व्यावसायिक भेटघाट तथा सम्झौता गर्न मेला सहयोगी हुने सङ्घका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्लले बताउनुभयो ।

महोत्सवमा राखिएका ५० वटा स्टलमा नेपाल सरकारले प्राथमिकतामा राखेका निकासीजन्य वस्तु, हस्तकालका वस्तु, एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादन कार्यक्रमले तोकेका कृषिजन्य वस्तु तथा पर्यटकीय सम्पदा देख्न पाइन्छ । मेला फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको प्रवद्र्धकमा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल पर्यटन बोर्ड रहेका छन् । रासस