३ कार्तिक २०८३, मंगलबार

साञ्जेन जलविद्युत् आयोजनाको सुरुङ खोलियो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २३ फागुन । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ ।

समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार ३८७ मिटर लम्बाइको हेड्रेस सुरुङको डिजाइनबमोजिम सफलतापूर्वक सुरुङ खोल्ने काम (ब्रेकथु) आइतबार सम्पन्न गरेपछि अब २० महिनभित्र उत्पादन गरी सक्ने लक्ष्य लिइएको साञ्जेन जलविद्युत् कम्पनीले जनाएको छ ।

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पेट्रोलियम पदार्थको अभाव २०७२ साल वैशाख १२ को भूकम्पले बाहिरी क्षेत्रको सडक क्षति पु¥याउँदा निर्माणको अवधि बढ्न गएको हो ।

प्रसारण लाइन निर्माणमा ढिलाइ भए पनि पहिलो चरणमा उत्पादन हुने १४ दशमलव आठ मेगावाट विद्युत् क्षमताको आधारमा चिलिमे कम्पनीको लाइनमार्फत राष्ट्रिय प्रसारणमा बढाइने छ ।

चिलिमेस्थित साम्वालिङ पुवा क्लबका अध्यक्ष सोनाम दोर्जे लामासहितका स्थानीय बासिन्दाले विद्युत् उत्पादनको महत्वपूर्ण पाटो सुरुङको सफल कामले अब छिट्टै विद्युत् उत्पादन हुने पूर्ण विश्वास रहेको बताउनुभयो ।

सुरुङ छेड्ने कार्यमा साञ्जेल जलविद्युत् कम्पनीका अध्यक्ष गोपालबाबु भट्टराई, रसुवागढी चिलिमे तथा मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक समेतको सहभागिता रहेको थियो ।

यस्तै साञ्जेल कम्पनीमार्फत निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम पनि धमाधम अगाडि बढिरहेको अब २२ महिनाभित्र सो आयोजना पनि सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निमित्त प्रमुख गुरुदास अमात्यले जानकारी दिनुभयो । रासस