काठमाडौं, २२ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् ।
उक्त अवसरमा उपराष्ट्रपतिले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका थिए ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको उनले साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरे ।
उपराष्ट्रपतिबाट अवलोकन भ्रमण पश्चात यस कम्पनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै कम्पनी परिवारलाई हौसला प्रदान गरेकोमा उपराष्ट्रपतिप्रति चन्द्रागिरि हिल्स लिमिटेडले कृतज्ञता व्यक्त गरेको छ ।


















प्रतिक्रिया