५ मंसिर २०८३, शनिबार

मेची-काली अभियानमा पार्टी प्रवेशको लहरः माओवादी नेतासहित ३ सय एमाले प्रवेश, ओलीले गरे स्वागत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ फागुन । शनिबारदेखि सुरु भएको नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानमा पार्टी प्रवेशको लहर चलेको छ ।

पहिलो दिन हजारभन्दा बढी पार्टी गरेको अभियानको दोस्रो दिनको पहिलो सभामै तीन सय जना एमाले प्रवेश गरेका छन् ।

अभियानअन्तर्गत आइतबार मोरङको विराट चोकमा आयोजित जनसभामा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय परिषद् सदस्य भोला दाहाल र क्षेत्रीय कमिटीका इन्चार्ज गोविन्द बस्नेतसहित नेपाली काँग्रेसका शिव दाहाल, राप्रपाका काजीमान लिम्बू र संघीय समाजवादी फोरमका विनोद ठाकुरलगायत ३ सय पार्टी प्रवेश गरेको एमाले मोरङका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।

उनका अनुसार नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौंको सहभागिताका बीच अबिर र टीका लगाएर पार्टीमा स्वागत गरे ।

विराट चोकको जनसभालाई एमाले उपाध्यक्ष भीम रावल, एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गरेका थिए ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि गरिएको एमालेको अभियान १५ दिनसम्म चल्नेछ । नेता र कार्यकर्तालाई ठाउँ ठाउँमा स्थानीय जनताबाट स्वागत गरिएको थियो ।