५ मंसिर २०८३, शनिबार

एमालेको मेची-महाकाली अभियानले केहीको सातोपुत्लो गएको छः अध्यक्ष ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अभियान देखेर केहीको सातोपुत्लो गएको बताएका छन् ।

मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार मोरङको विराट चोकमा हजारौंको उपस्थितिलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले हिजोबाट सुरु गरेको यो अभियान चुनावी अभियान होइन, राष्ट्रिय जागरणको अभियान हो । तर, यो अभियान देखेर केहीको सतोपुत्लो समेत गएको छ ।’

ओलीले एमाले काम गरेर देखाउने पार्टी भएको बताउँदै आफूहरुलाई बातबहादुरप्रति विश्वास नलागेको उल्लेख गरे । उनले निर्वाचन बिथोल्न उद्यत रहेकाहरुप्रति कडा शब्दमा प्रतिवाद गरेका थिए ।

सभालाई एमाले उपाध्यक्ष भीम रावल, एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गरे ।