काठमाडौं, २२ फागुन । इजरायलले नेपाली कामदार माग गरेको छ ।
वैदेशिक रोजगार विभागले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी इजरायलबाट थप ६० जना कामदार माग भएको जानकारी गराउँदै ५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग आवेदन मागेको हो । आगामी चैत ९ गतेसम्म आवेदन गर्नेमध्ये ६० जना इजरायल जान पाउनेछन् ।
शारिरिकरुपमा पनि स्वस्थ केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले जनाएको छ । छनोट भएका आवेदकले इजरायल पुगेपछि वृद्ध, अपाङ्ग तथा अशक्तको स्याहार सुसार गर्नुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचनाः

















प्रतिक्रिया