१ कार्तिक २०८३, आइतबार

ओलीको गृहनगर पुग्यो एमालेको मेची–महाकाली अभियान, हजारौं जनता सडकमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २१ फागुन । पूर्वी सिमाना काकडभिट्टाबाट सुरु भएको एमालेको मेची–महाकाली राष्ट्रिय अभियान करिब ६० किलोमिटर यात्रा तय गर्दै अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक आइपुगेको छ ।

काकडभिट्टा र विर्तामोडमा दुईवटा सभा सकेर अभियान दमक आइपुगेको हो । काकडभिट्टामा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सम्बोधन गरेका थिए भने विर्तामोडमा वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । दमकको कार्यक्रममा स्थायी समिति सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङले सम्बोधन गरे ।

यसअघि काकडभिट्टा देखि दमकसम्मै राजमार्गको दायाँबायाँ विशाल जनसमुदायले अभियानको स्वागत अभिनन्दन गरेको थियो । राजमार्गमै स्वतस्फूर्त पार्टी प्रवेश कार्यक्रमहरु समेत भएका थिए । अहिले दमकको मुख्यचोकमा बनाइएको मञ्चमा अध्यक्ष ओली लगायतका नेताहरु छन् ।

दमकमा आयोजित कार्यक्रममा स्थानीय लिम्बु, धिमाल, सतार, झाँगड लगायत विभिन्न भेषभुसाका सांस्कृतिक झाँकी सहित नगर पालिकाका विभिन्न क्षेत्रबाट आएको जुलुश दमक–१३ स्थित मुख्य चोकमा पुगी आमसभामा परिणत भएको थियो । अभियान आज दमकमै विश्राम गरी आइतबार बिहान ६ किलोमिटर पश्चिम मोरङको उर्लावारी पुग्नेछ ।