५ मंसिर २०८३, शनिबार

मोर्चाले सांसदको गाडी तोडफोड र नेतालाई कालोमोसो दलेपछि एमालेको कडा प्रतिक्रिया

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २० फागुन । नेकपा एमालेले आफ्ना सांसद र जिल्ला नेतामाथि मधेसी मोर्चाबाट भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेको छ । र, मधेसी मोर्चालाई चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

शुक्रबार विहान सप्तरीको राजविराज १ मा पार्टीका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका मोर्चाका कार्यकर्ताहरुले दिउँसो एमाले सांसद रञ्जु कुमारी झा चढेको सरकारी गाडीमा तोडफोड गरेका थिए ।

त्यसलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी मधेसी मोर्चालाई राजनीति गर्न खोजेको कि कि गुण्डागर्दी भनेर प्रश्न गरेका छन् । ‘यो राजनीति होइन, गुण्डागर्दी हो । यदि गुण्डागर्दी गर्न खोजेको हो भने एमाले पिछ्यू फर्किएर भाग्दैन,’ ओलीले चेतावनी दिँदै भने ।

‘संविधान कार्यान्वयनका लागि मेची–काली अभियान’

पूर्वप्रधानमन्त्री ओलीले प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा लोकतन्त्रलाई सुदृढ गर्दै संविधान कार्यान्वयनका लागि मेची–काली राष्ट्रिय अभियान आयोजना गरिएको बताए ।

संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न खोज्ने र जारी संविधान कार्यान्वयन गर्न नदिने तत्वको भण्डाफोर गर्नुपर्ने उनले बताए ।

सो अवसरमा एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसमा एमालेप्रति फैलाइएको भ्रम चिर्नका लागि पनि अभियान थाल्नुपरेको बताए । एमाले नेता माधवकुमार नेपालले आफ्नो दल नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण तथा सांस्कृतिक तथा भाषिक संरक्षणका पक्षमा एमाले रहेको उल्लेख गरे ।