३ कार्तिक २०८३, मंगलबार

बैंकर अनिल शाहले खिचेका तस्बिर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले खिच्नुभएको देशका धार्मिक र पुरातात्विक सम्पदा, हिमाल र जनावरको तस्बिर सार्वजनिक भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहले यहाँ आज आयोजना गरेको ‘सेल्फी’ कार्यक्रममा शाहले खिच्नुभएको काठमाडौँको सम्पदा, भक्तपुरको पचपन्न झ्याले दरबार, बाघ, गैँडा, हात्ती लगायतका जनावरको तस्बिर सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा शाहले तस्बिरको जिवन्तताका बारेमा चर्चा गर्दै स्तरीय तस्बिर खिच्नसके आर्थिक रुपमा पनि सबल बन्न सकिने विचार व्यक्त गर्नुभयो । तस्बिर देखाउँदै उहाँले हरेक घटनालाई पुष्टि गर्ने मुख्य आधार तस्बिर रहेकाले आगामी दिनमा यसको महत्व झन बढ्दै जाने बताउनुभयो ।

आफूलाई तस्बिर खिच्नप्रति अत्यन्तै रुचि रहेकाले आगामी दिनमा स्तरीय तस्बिर खिच्नका लागि आफू निरन्तर लाग्ने धारणा राख्नुभयो । उहाँको तस्बिर हेर्नका लागि विभिन्न विद्यालयबाट विद्यार्थी र फोटो पत्रकारको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । रासस