५ मंसिर २०८३, शनिबार

राप्रपाको केन्द्रीय कमिटीमा २७ पदाधिकारी मनोनित, को को परे ? (सूचीसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कमिटीमा २७ पदाधिकारी मनोनित भएका छन् । शुक्रबार पार्टी अध्यक्ष कमल थापाले विभिन्न पदमा पदाधिकारी मनोनित गरेका हुन् ।

मनोनित पदाधिकारीमध्ये ६ उपाध्यक्षमा दीपक बोहोरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय रहेका छन् । यस्तै महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा मनोनित भएका छन् ।

सहमहामन्त्री हेमजंग गुरुङ, निलकण्ठ काफ्ले, राम थापा, चन्द्रबहादुर गुरुङ छन् भने सहायक महामन्त्री वृजलाल यादव, कुन्ती शाही, मनोज प्रधान राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्रप्रसाद श्रेष्ठ मनोनित भएका छन् ।

प्रवक्तामा रोशन कार्की, सुशील श्रेष्ठ र भुवन पाठक मनोनित भएका छन् भने सहायक प्रवक्तामा मोहन श्रेष्ठ छन् । कोषाध्यक्ष उद्धव पौडेल र सहायक कोषाध्यक्षमा गिरीधर परियार मनोनित भए ।