काठमाडौं, २० फागुन । क्याप्टेन विजय लामाले नेपाल एयरलाइन्स नचढ्ने भन्दै निर्वाचन आयुक्त इला शर्माले कसम खाएकोप्रति आपत्ति जनाएका छन् ।
‘निर्वाचन आयुक्तले खाइन् नेपाल एयरलाइन्स नचढ्ने कसम’ भन्ने समाचार बाहिर आएसँगै क्याप्टेन लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘किन म्याम’ भनी प्रश्न गरेका छन् ।
बुधबार निर्वाचन आयोगमा मन्त्रीहरुकै अगाडि आयुक्त शर्माले ‘आफूले सरकारी ध्वजाबाहक विमान नेपाल एयरलाइन्स नचढ्ने कसम खाएको बताएकी थिइन् ।’
इलालाई प्रश्न गर्दै नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामाले लेखेका छन्– ‘किन र म्याम ? यत्रो ठूलो ओहदामा भएकी ब्यक्तित्वले किन यस्तो अभिब्यक्ति दिनु भएकी होला ? एकाध कुनै चित्त न बुझाइको कारण पुरै ने.बा.नि. खराब भन्न मिल्ला र ? त्यसरि कसम नै खानु पर्थ्यो र ?’












प्रतिक्रिया