५ मंसिर २०८३, शनिबार

नक्कली सर्टिफिकेट प्रकरणः डा. गुप्ता बेकसुर सावित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नक्कली शैक्षिक प्रमाणपत्र मुद्दा खेप्दै आएका डा. अरुणकुमार गुप्ताले सफाई पाएका छन् ।

एक दशकदेखि फिजिसियन तथा बाथरोग विशेषज्ञका रुपमा कार्यरत गुप्ताको प्रवीणता प्रमाण–पत्रको तह शैक्षिक प्रमाण–पत्र नक्कली भएको भन्दै आरोपित भई विगत ९ महिनादेखि काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका थिए ।

उनलाई विहिबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले सफाई दिएको हो ।

गुप्ताविरुद्ध ठगी र छल गरेको अरोप लगाउँदै गत असार १९ गते नेपाल मेडिकल काउन्सिल बाँसबारीले मुद्दा दायर गरेको थियो । तर, न्यायाधीश कोइरालाको इजलासले गुप्ता बेकसुर रहेको फैसला सुनाएपछि उनले सफाई पाएका हुन् ।

सफाई पाए लगत्तै उनले अनाहकमै आफ्नो चरित्रहत्या गर्ने नियोजित तरिकाबाट आफूलाई फसाईएको दाबी प्रतिक्रिया दिए । मेडिकल काउन्सिलबाट उनको लाइसेन्सबारे केही प्रश्न नउठाइए पनि नैतिकरुपमा मुद्दा फैसला नभएसम्म आफू चिकित्सा सेवामा नआउने बताउँदै आएका डा. गुप्ता अब भने कानुनत पुनः अभ्यासमा (चिकित्सा सेवा) मा फर्किने छन् ।

सिआइबीले नक्कली शैक्षिक प्रमाणको आरोपमा पक्राउ गरेको ९ जना चिकित्सकमध्ये जिल्ला अदालत काठमाडौंबाट हिजो डा. अरुण गुप्ताले सफाइ पाएका हुन् ।

सिआइबीले वीरगंजबाट ९ जनामध्ये डाक्टर गुप्तालाई पनि पक्राउ गरेको थियो । गुप्तालाई पक्राउ गरेपश्चात् अदालतमा पेश गर्दा रु १ लाख धरौटीमा जिल्ला अदालत काठमाडौंले रिहा गरेको थियो । गत असार १९ गते रिहा भएका डा. गुप्ताले हिजो काठमाडौं अदालतबाट सफाइ पाएका हुन् । आरोपी ९ जना डाक्टरमध्ये ८ जनाको जिल्ला अदालत पर्सामा तथा गुप्ताको जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

दाबी गरेको प्रमाण सक्कली रहेको भेटिएपछि डा. गुप्ताले सफाइ पाएका हुन् । डा. गुप्ताले लङ्गटसिंह महाविद्यालय मुजफ्फरपुरबाट १९८६–८८ को ब्याचमा कक्षा १२ उत्तीर्ण गरेका र रूसबाट एमबिबिएस, बङ्गलादेशबाट एम.डी. गरेका गुप्ताले बाथरोग विषयमा भारतको एस.जी.पी.जी.आई.बाट फेलोसिप गरेका थिए ।