विराटनगर, १९ फागुन । देशमा स्थानीय निर्वाचनको मिति घोषणासँगै नेकपा एमालेमा प्रवेशको लहर चलेको छ ।
यसैक्रममा विहिबार मोरङका दुई गाविसमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाबाट साढे तीन सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमाले मोरङ पार्टी अध्यक्ष विनोद ढकाल, सांसद ऋषि पोखरेल, पार्टीको जिल्ला कमिटी सदस्य परशुराम बस्नेत, रविन थापा लगातयले टिका लगाएर पार्टीमा स्वागत गरे ।
एमाले जिल्ला अध्यक्ष विनोद ढकालका अनुसार जिल्लाको बयरबनको वडा नम्बर ८ मा कांग्रेसका कांगेसका वार्ड कमिटी सचिव र माओवादी केन्द्रका गाउँ कमिटीका सदस्यहरुको नेतृत्वमा दुई सय जना एमालेमा प्रवेश गरेका छन् ।

त्यसैगरी मोरङको होक्लाबारीमा अमृत बानिया, उद्धव भुजेलको नेतृत्वमा कांग्रेस, माओवादी र राप्रपाबाट डेढ सय जना पार्टी प्रवेश गरेका छन् ।
एमाले जिल्ला कमिटी सदस्य रविन थापाका अनुसार मोरङमा विनोद ढकाल नेतृत्वमा आएसँगै पार्टी प्रवेश गर्नेहरु बढेका छन् । र, एमालेले सुरु गर्न लागेको मेची महाकाली अभियानको पूर्व सन्ध्यामा एमालेप्रति आकर्षण बढेको छ ।












प्रतिक्रिया