५ मंसिर २०८३, शनिबार

कार्यक्रम विथोल्ने गृहमन्त्रीका हर्कतहरु एमालेलाई सैह्य नहुने योगेशको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, १९ फागुन । नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर सरकारले चुनावी माहोल बनाउनुपर्ने बताएका छन् ।

एमालेको मेची महाकाली अभियानको तयारीकाक्रममा विहीबार उदयपुर आईपुगेका भट्टराईले प्रेस चौतारी नेपाल उदयपुरले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

‘सरकारले संसदमा ल्याएको संशोधनको प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ,’ भट्टराईले भने, ‘जनताले चाहेको स्थानीय तहकको निर्वाचन हो, संविधान संशोधन होईन ।’ निर्वाचन आयोगले थालेको निर्वाचनको तयारी अनुसार सरकारले घोषणा गरेको मितिमै निर्वाचन गराउन सरकारसँग भट्टराईले आग्रह गरे ।

राज्य पुनर्संरचना आयोगले निर्धारण गरेको स्थानीय तहको संरचनामा निर्वाचन हुनु पर्ने भट्टराईको जोड थियो । ‘सरकारले स्थानीय तहको संख्या मधेस र पहाडमा बढाउन खोजेको छ ,’ नेता भट्टराईले भने, ‘अहिले जति संख्यामा स्थानीय तहको संख्या बनेको छ, त्यही संख्याको आधारमा निर्वाचन हुनुपर्ने नेकपा एमालेको भनाइ छ ।’

देशमा सिमाङकन र नामाङकनको काम सकिएको भन्दै भट्टराईले संविधान कार्यन्वयन गराउन स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघीय केन्द्रको तत्काललै निर्वाचन गराउन एमाले प्रतिबद्ध रहेको ठोकुवा गरे । कार्यक्रममा बोल्दै भट्टराईले नेकपा एमालेले फागुन २१ गतेदेखि चैत्र ५ गतेसम्म ५० लाख जनताको सहभागितामा मेची–महाकाली अभियान सुरु गर्न लागेको जानकारी दिए ।

‘राजा पृथ्वीनारायण शाहले भौगालिक हिसावले एकीकरण गरेको नेपालाई अहिले सामाजिक, साँस्कृतिक, भावनात्कम रुपमा एक शुत्रमा बाँधी साझा फुलबारी बनाउने काममा एमाले लागि परेको भट्टराईले जिकिर गरे । पूर्वको काँकरभिट्टाबाट सुरु हुने अभियानमा एमाले अध्यक्षसहित सबै नेताहरु सहभागिता हुने उनले जानकारी दिए ।

१५ दिनसम्म सञ्चालन हुने अभियानमा साँस्कृतिक, स्वास्थ्य, प्रचारप्रसारको टिम सहभागिता हुने बताए । साना र ठुला गरी ३५ वटा आमसभा हुने अभियानमा कम्तिमा २० हजार जनसमुदायको उपस्थिति रहने जानकारी दिए ।

उनले राष्ट्रिय एकतालाई सुदृढीकरण, सामाजिक सदभाव कायम र स्थानीय निकाय तथा अन्य निकायको निर्वाचन गर्न जनदवाव र वातावरण सृजना गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको उनले बताए । सोही प्रशंगमा उनले कार्यक्रम विथोल्ने गरी सिरहाको लहानमा गृहमन्त्री विमलेन्द्र निधीले दिएको अभिव्यक्ति खेदजनक भएको बताए ।

उनले निधीले कार्यक्रम विथोल्न गरी हुने हर्कतहरु एमालेलाई सैह्य नहुने समेत चेतावनी दिए ।