५ मंसिर २०८३, शनिबार

नेविसंघद्वारा १०५ सिट जितेर पहिलो भएको दावी, वागी उम्मेदवारलाई कार्वाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा देशभरका १०५ स्थानबाट जित हाँसिल गरेको जनाएको छ ।

आज पत्रकार सम्मेलन गर्दै देशभरका १०५ क्याम्पसमा अध्यक्ष र ४२ क्याम्पसमा सचिवसहितको प्यानल विजयी भएको जनाएको हो । साथै नेविसंघ पुनः देशको सबैभन्दा ठूलो संगठनका रुपमा स्थापित भएको दावी गरेको छ ।

साथै, उपत्यकालगायत देशका विभिन्न भागमा हार नस्वीकार्ने मनोवृति राखी विद्यार्थी संगठनहरुको तालावन्दी गरेर निर्वाचन रोकेकोप्रति खेद प्रकट गरेको छ । त्यसको विरोध गर्दै नेविसंघ केन्द्रीय सदस्य कौशीला भट्ट, रमा थापा लगायत साथीहरु यथासिघ्र स्ववियु निर्वाचनको माग गर्दै रिलेअनसनमा समेत बसेको जानकारी दिएको छ । रोकिएको निर्वाचन यथासिघ्र सुचारु गरेर विद्यार्थीहरुको हक अधिकार प्रति सचेत रहन त्रिभुवन विश्वविद्यालय र संस्कृत विद्यालयका पदाधिकारीलाई खवरदारी समेत गरेको छ ।

वागी उम्मेदवार र सहयोगीलाई कार्वाही गर्ने

निर्वाचनको क्रममा नेविसंघका आधिकारीक उम्मेद्वार विरुद्ध वागी उम्मेद्वार बनेर चुनावमा भाग लिनेलाई कार्वाही गर्ने नेविसंघले जनाएको छ । वागी उम्मेद्वार र उनलाई सहयोग गर्ने व्यक्ति उपर पनि केन्द्रीय अनुशासन समिति मार्फत विधान बमोजिम दुई वर्षको कारबाही गरिने संघका अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्ती मार्फत जनाइएको छ ।